Madhes Khabar
राजनीति

जनज्योति बहुमुखी क्याम्पसको नेविसंघ सभापतिमा अधिकारी चयन

चन्द्रपुर,१७फागुन : रौतहटको चन्द्रपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको इकाई समितिको सभापतिमा भिमराज अधिकारी चयन भएका छन् ।

बुधबार क्याम्पसमा नेबि संघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्विरोध चयन भएका हुन् ।

प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा काँग्रेसका मधेस प्रदेश सदस्य सुर्य थापा, नगर सभापति मुकेश गिरि, महासमिति सदस्यहरु नवराज देबकोटा , देबराज कार्की , माहाधिबेशन प्रतिनिधि सुबास कोइराला, वडा नम्बर ५ का वडाध्यक्ष ५ निलहरी कोइराला , काँग्रेसका जिल्ला सदस्य श्यामहरी चौलागाईं , पुर्व इकाई अध्यक्ष सुमन गौतम , स्वविवयु सभापति संगम श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको नेबि संघका जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।

Related posts

खानेपानी मन्त्री यादवको पहलमा लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश

MadhesKhabar

पर्साका सांसद रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त

MadhesKhabar

कांग्रेस क्षेत्रीय सभापति गुप्ता पार्टीबाट निष्काशित,तर गुप्ता भन्छन् : मबाट डराएकाहरु नाटक गर्दैछन्

MadhesKhabar

Leave a Comment