Madhes Khabar
राजनीति

जनज्योति बहुमुखी क्याम्पसको नेविसंघ सभापतिमा अधिकारी चयन

चन्द्रपुर,१७फागुन : रौतहटको चन्द्रपुरमा रहेको जनज्योति बहुमुखी क्याम्पसको इकाई समितिको सभापतिमा भिमराज अधिकारी चयन भएका छन् ।

बुधबार क्याम्पसमा नेबि संघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा भएको इकाई सभापति चयन प्रक्रियामा अधिकारी निर्विरोध चयन भएका हुन् ।

प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा काँग्रेसका मधेस प्रदेश सदस्य सुर्य थापा, नगर सभापति मुकेश गिरि, महासमिति सदस्यहरु नवराज देबकोटा , देबराज कार्की , माहाधिबेशन प्रतिनिधि सुबास कोइराला, वडा नम्बर ५ का वडाध्यक्ष ५ निलहरी कोइराला , काँग्रेसका जिल्ला सदस्य श्यामहरी चौलागाईं , पुर्व इकाई अध्यक्ष सुमन गौतम , स्वविवयु सभापति संगम श्रेष्ठ लगायतको पनि उपस्थिती रहेको नेबि संघका जिल्ला अध्यक्ष अधिकार लामिछानेले जानकारी दिए ।

Related posts

किसान श्रेष्ठलाई उम्मेदवार बनाए भाेट नदिने बाराका काँग्रेस नेताहरुकाे चेतावनी

MadhesKhabar

निर्वाचन आयोगले गर्‍यो समानुपातिक सिट बाँडफाँड, कसले कति सिट पायो?

MadhesKhabar

वीरगन्जलाई अशान्त बनाउन खोज्नेहरु विरुद्ध प्रतिकारमा उत्रने जसपाको चेतावनी

MadhesKhabar

Leave a Comment