Madhes Khabar
राजनीति

किसान श्रेष्ठलाई उम्मेदवार बनाए भाेट नदिने बाराका काँग्रेस नेताहरुकाे चेतावनी

मधेसखबर
वीरगन्ज ,१५ असाेज : बारा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले नेकपा एसका नेता किसान श्रेष्ठलाई भोट नदिने बताएका छन्।

गठबन्धनले बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट किसान श्रेष्ठलाई उम्मेदवार बनाए आफूहरुले भोट नदिने घोषणा काँग्रेसका नेता कार्यकर्ताले गरेका हुन्।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ ले सिमराको एक होटलमा आयोजना गरेको बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर ४ का काँग्रेसका नेता कार्यकर्ताहरुले श्रेष्ठलाई भोट नदिने घोषण गरेका हुन्।

कार्यक्रममा मुख्य अतिथि रहेका नेपाली काँग्रेस बाराका उपसभापति अमिरीलाल पालले निर्वाचन क्षेत्र नम्बर ४ पहिला देखि नै काँग्रेसको पकड भएको र अहिले तनहुँका किसान श्रेष्ठलाई गठबन्धनले उम्मेदवार बनाएर पठाए पनि उनलाई भोट दिन नसकिने बताए।

जितपुरसिमरा काँग्रेस वडा नम्बर ३ का सभापति पुष्कर रायमाझीले स्थानीय निर्वाचनमा जितपुरसिमराका काँग्रेसीहरुले गठबन्धनको नाममा माओवादीका राजन पौडेललाई भोट दिएर जिताए पनि पौडेलले काँग्रेसीहरुलाई बेवास्ता गरेको बताए। उनले काँग्रेस बाहेक अन्य पार्टीका उम्मेदवारलाई भोट नदिने बताए।

बारा ४ नम्बर क्षेत्रमा काँग्रेस बलियो अवस्थामा रहेको र आउने चुनावमा पार्टीले टिकट नदिए बागी उठ्ने काँग्रेस नेतृ नारायणी रायमाझीले बताइन्।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी कपिलदेव यादव, निर्वाचन क्षेत्र नम्बर ४ क का प्रदेश सभापति सुमन भट्टराई, लगायतका नेतहरु सहभागी थिए।

किसान श्रेष्ठ बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधी सभामा उम्मेदवार बनाउन लागेको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सहित नेताहरु बिहिबार एमालेमा प्रवेश गरेका थिए।

तनहुँ काँग्रेसका नेता रामचन्द्र पौडेलको लागि छोडेर किसान श्रेष्ठ बाराको निर्वाचन क्षेत्र नम्बर ४ बाट गठबन्धनको उम्मेदवार बनाउन लागिएको भन्दै काँग्रेसी नेताहरु आक्रोशित बनेका छन्।साभार:नागरिक

Related posts

जयमङगलापुरमा काँग्रेस उम्मेदवार रिजालाई भव्य स्वागत

MadhesKhabar

रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

MadhesKhabar

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकाे खुशीयालीमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

Leave a Comment