Madhes Khabar
राजनीति

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकाे खुशीयालीमा वीरगन्जमा दीप प्रज्वलन

वीरगन्ज ,१७ जेष्ठ : राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकाे खुशीयालीमा जनता समाजवादी पार्टी (जसवा) नेपालका युवा-विद्यार्थी नेताहरुले वीरगन्जमा दीप प्रज्वलन गरेका छन् ।

जसपा निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघका नेता कार्यकर्ताहरुले वीरगन्जकाे घण्टाघर चाेकमा बुधबार बेलुकी नागरिकता विधेयक प्रमाणीकरण भएकाेमा दीप प्रज्वलन गरि खुशीयाली मनाएका हुन् ।

नागरिकता प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पाैडेलकाे कदमकाे स्वागत गर्दै दीप प्रज्वलन गरि खुशीयाली मनाइएकाे समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवालले बताए ।

वर्णवालकै अध्यक्षता एंव जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफकाे प्रमुख आतिथ्यतामा भएकाे दीप प्रज्वलन कार्यक्रममा समाजवादी युवा संघका सचिव सराेज यादवका साथै नागरिकता विहिन संघर्ष समितिका पदाधिकारी र सदस्यहरुकाेपनि सहभागीता थियाे ।

Related posts

जसपाको समानुपातिक सांसदमा हसिना खानको नाम सिफारिस

MadhesKhabar

पर्साको बलुवामा जनमत पार्टीको वडा समिति गठन

MadhesKhabar

मधेसवादी दलहरुले गठन गरे ८ सदस्यीय कार्यदल, लोसपाबाट परे लक्ष्मणलाल कर्ण

MadhesKhabar

Leave a Comment