काठमाडौं,१७माघःमोर्चा बनाउन छलफलमा जुटेका मधेसवादी आठ दलहरूले कार्यदल गठन गरेका छन्।बिहीबार सिंहदरबार स्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभाकक्षमा बसेको मधेसवादी दलहरुको बैठकले ८ सदस्यीय कार्यदल गठन गरेको हो।
कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमत पार्टीबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन्।