Madhes Khabar
राजनीति

वर्तमान सरकार ५ वर्षसम्मै टिक्छ : उद्योगमन्त्री रिजाल

फाइल फोटो

वीरगन्ज ,२३जेष्ठ : संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वर्तमान सरकार र सत्तागठबन्धन पाँच वर्षसम्म नै टिक्ने दाबी गरेका छन् ।

जनकपुरधाममा मंगलबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य समेत रहेका रिजालले भने, विगतमा राजनीतिक अस्थिरताका कारण सरकार बनाउने र ढाल्ने खेलहरु भए। तर अब याे सरकार र गठबन्धन पाँच वर्षसम्मै टिक्छ, कुनै उथुलपुथुल हुदैन ।

मन्त्री रिजालले सरकार व्यापार गर्ने काममा लाग्नु नहुनेपनि बताए । सरकारले व्यापार गर्ने नभइ व्यापारका लागि सहजीकरण मात्रै गरिदिने उनको भनाइ थियाे ।उनले भने, व्यापार निजी क्षेत्रले गर्ने हाे , सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गरिदिने हाे।

उनले उद्योग व्यपार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताए । उनले बजेटको ट्रेडिसनल सिस्टम पञ्चायत कालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगीहरु सुखी हुन नसक्ने बताए ।

Related posts

नेपालमा रहेकाे पाकिस्तानी दूतावास बन्द गर्न माग

MadhesKhabar

पर्सा १ मा लक्ष्मणलाल कर्णलाई जिताउन काँग्रेसी नेताहरु खुलेर लागे

MadhesKhabar

बारामा रास्वपाको तेस्रो जित, क्षेत्र नं. १ मा धिमाल विजयी

MadhesKhabar

Leave a Comment