सिमरा,२३ फागुनःबारा क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश धिमाल विजयी भएका छन्। धिमाल ३९ हजार ९ सय ९८ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीसँग २५ हजार सात सय ७५ मतको मतान्तरले जित हात पारेका हुन्। बुढाथोकीले १४ हजार दुई सय २३ मत पाएका छन्।
यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत पाएका छन्। मैनाली २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सन्तोष दंगालले दुई हजार आठ सय ७८, जसपा नेपालका रामबाबु प्र. यादवले दुई हजार पाँच सय ३०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी प्रसाद सा कलवारले ९ सय ४१, उज्यालो नेपालका अनवर अंसारीले ६ सय ७७ मत पाएका छन्।साभारः अन्नपूर्णपोष्ट

