Madhes Khabar
राजनीति हेडलाइन

मधेस सरकारबाट एमालेले पनि समर्थन फिर्ता लियो,अब कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने

जनकपुरधाम,२२असोजःनेकपा एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले आज (बुधबार) बसेको एमाले) संसदीय दलको बैठकले मधेस प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो । साथै आजै अपरान्ह ४ बजे समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने जानकारी पनि उनले दिए ।

उनले अब नयाँ सरकार काग्रेसको नेतृत्वमा बन्ने दाबीपनि गरे । नयाँ सरकारमा एमाले पनि सहभागी हुने सहमति कांग्रेससंग भइसकेको जानकारी उनले गराए ।

कांग्रेसले यसअघि नै सरकारबाट समर्थन फिर्ता लिइसकेको छ भने जनमत पार्टीले मुख्यमन्त्रीबाट राजजिनामा दिन आफ्नै पार्टीका सतिशकुमार सिंहलाई दिएको निर्देशन सिंहले नटेरेपछि जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र गत भदौ ३१ गते नै बुझाइसकेको छ ।

२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।

अब नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले, जनमत र लोसपाको गठबन्धनको सरकार बन्ने आन्तरिक सहमति भइसकेको छ ।जसमा लोसपाले मात्र सहमति गरेको छैन ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमालेका २५ कांग्रेसका २२, जनमतका १३ र लोसपाको ९ सिट छ ।

Related posts

सीके राउत भन्छन् : मधेस सरकारले ल्याएको बजेटमा असन्तुष्टि छ, तर तत्कालै सरकार छाड्दैनौं

MadhesKhabar

पर्साको गादीमा सुविधासम्पन्न प्रसूती केन्द्र सञ्चालन, अध्यक्ष चौधरीले गरे समुद्घाटन

MadhesKhabar

मेयर सिंहले गरेको वाचा पुरा हुदै ,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

MadhesKhabar

Leave a Comment