जनकपुरधाम,२२असोजःनेकपा एमालेले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छ ।एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले आज (बुधबार) बसेको एमाले) संसदीय दलको बैठकले मधेस प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो । साथै आजै अपरान्ह ४ बजे समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने जानकारी पनि उनले दिए ।
उनले अब नयाँ सरकार काग्रेसको नेतृत्वमा बन्ने दाबीपनि गरे । नयाँ सरकारमा एमाले पनि सहभागी हुने सहमति कांग्रेससंग भइसकेको जानकारी उनले गराए ।
कांग्रेसले यसअघि नै सरकारबाट समर्थन फिर्ता लिइसकेको छ भने जनमत पार्टीले मुख्यमन्त्रीबाट राजजिनामा दिन आफ्नै पार्टीका सतिशकुमार सिंहलाई दिएको निर्देशन सिंहले नटेरेपछि जनमतले समेत प्रदेश प्रमुख र सभामुख रामचन्द्र मण्डललाई समर्थन फिर्ता र सरकारबाट बाहिरिएको पत्र गत भदौ ३१ गते नै बुझाइसकेको छ ।
२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमतका सतिशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।
अब नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नेकपा एमाले, जनमत र लोसपाको गठबन्धनको सरकार बन्ने आन्तरिक सहमति भइसकेको छ ।जसमा लोसपाले मात्र सहमति गरेको छैन ।
१०७ सदस्यीय मधेस प्रदेश सभामा नेकपा एमालेका २५ कांग्रेसका २२, जनमतका १३ र लोसपाको ९ सिट छ ।

