Madhes Khabar
मधेस प्रदेश राजनीति

राष्ट्रियसभामा मधेसबाट कांग्रेसका ढुङ्गाना र जसपाकी चाैधरी विजयी

जनकपुरधाम,११माघ: राष्ट्रियसभा सदस्यको मधेस प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य समूहतर्फ निर्वाचित ढुङ्गाना नेपाली कांग्रेस र महिला समूहतर्फ निर्वाचित चौधरी जसपाकी हुन् ।

कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार र जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित भएका हुन् । एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार थिइन् । जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा मधेसको १ सय ३६ पालिकाको सतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्माले मत खसालेनन् । मधेसमा कुल मतभार १० हजार ८ सय ३९ छ ।

Related posts

हिंसा भड्किए पछि महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू

MadhesKhabar

बन्द गराउँदै हिँड्ने आजपाका २३ नेता-कार्यकर्ता पक्राउ

MadhesKhabar

मधेसका मुख्यमन्त्रीको कार्यालय र निवासमा स्थानीय तहका कर्मचारीहरूले दिए धर्ना

MadhesKhabar

Leave a Comment