Madhes Khabar
मधेस प्रदेश हेडलाइन

हिंसा भड्किए पछि महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू

फोटो : अन्नपूर्णपोष्टबाट

मधेसखबर
वीरगन्ज,१० कार्तिक : हिंसा भड्किएपछि महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा बिहीबार कर्फ्यू लगाइएको छ । हिन्दू सम्राट सेना नाम गरेको एक संगठनले निकालेको शोभा यात्रामा फरक धर्मका व्याक्तिहरुको ढुंगामुढा गरेपछि भड्कीएको हिंसा नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले अनिश्तिकालीन कर्फ्यू आदेश जारी गरेको हो ।

भंगहा नगरपालिका–८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।

हिंसा नियन्त्रणमा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाइ फायर समेत गर्दा पनि अवस्था सामान्य नबनेपछि कर्फू लगाइएको हो । झडपमा दुवै पक्षका दर्जनौं व्यक्ति घाइते भएका छन् । उनीहरुको ढुंगामुडाका कारण केहि प्रहरी पनि घाइते भएका छन् । घटनास्थलमा अहिले पनि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अवस्था अनियन्त्रित भएपछि त्यस क्षत्रेमा अनिश्चितकालका लागि कर्फ्यू जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ।

Related posts

आशाराम अस्पतालका डा. आलाेक दासकाे लापरवाहीका कारण हात नै गुमाउनु परेकाे पिडित भाेलाकाे आराेप

MadhesKhabar

राष्ट्रपतिले जनभावना र संसदको अपमान गरेको पुर्वमन्त्री सोनलको आरोप

MadhesKhabar

धोबिनीका अध्यक्ष चौहानले वीरगन्जमा गोप्य रुपमा गाँउपरिषद गराएको जनप्रतिधिनीहरुको आरोप

MadhesKhabar

Leave a Comment