Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्यायाे ४६ कराेड ३७ लाखकाे बजेट

वीरगन्ज,३असार:पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

बुधबार आयाेजित सखुवा प्रसाैनी गाउँपालिकाको गाउँसभा तथा १७औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष यसवन्त यादवले उद्घाटन गरेकाे गाँउसभा तथा १७ ओैं अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् ।उनले गाउँपालिकाकाे ल्याएको नीति तथा कार्यक्रमले लिएका लक्ष्य कार्यान्वयन गर्नका लागि आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ३७ लाख ८२ हजार ५२० रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरिन्।

जसमा आयतर्फ सशर्त अनुदानबाट २१ करोड १६ लाख रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ४५ लाख रुपैयाँ, विशेष अनुदानबाट ४६ लाख रुपैयाँ, आन्तरिक स्रोतबाट ५३ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट ११ करोड ६४ लाख ६२ हजार रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ११ करोड १३ लाख २० हजार ५२० रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उल्लेख छ ।

उनले बजेट तथा कार्यक्रमको विस्तृत विवरण गाउँपालिका विकास योजनाको पुस्तिकामार्फत प्रकाशन गरिने समेत जानकारी दिइन् ।

 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्जीव कुमार यादव, वडाध्यक्षहरू, गाउँ कार्भायपालिका सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू लगायतकाको पनि सहभागिता रहेको थियाे।

बुधबार बजेट सार्वजनिक गरेकाे सखुवा प्रसाैनी गाउँपालिका आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने पर्सा जिल्लाकै पहिलाे पालिका समेत बनेकाे छ।

यसअघि पर्साका तीनवटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेका छन् । बुधबार नै पटेर्वा सुगौली गाउँपालिकाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गरेको भए पनि बजेट भने सार्वजनिक गरेन ।

Related posts

सेवा प्रवाहलाई सहज बनाउने पहिलो प्राथमिकता: बाराका सिडिओ घिमिरे

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

MadhesKhabar

फाेनमा केटी जिस्काएकाे निहुँमा कुटपिट हुदाँ पर्सामा एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment