Madhes Khabar
स्थानिय

फाेनमा केटी जिस्काएकाे निहुँमा कुटपिट हुदाँ पर्सामा एक युवकको मृत्यु

सांकेतिक फोटो

वीरगन्ज ,२४साउन: पर्सामा फोनमा केटी जिस्काएको बिषयलाई लिएर विवाद भई कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ। पर्सागढी नगरपालिका–४ बरवाटाडी टोल बस्ने २१ बर्षीय जमुदिन महमद अंसारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक अंसारीका १७ बर्षीय भाईले भारतको केरला बस्ने १६ बर्षीय किशोरीलाई टेलिफोन गरि जिस्काएका थिए।

त्यही बिषयलाई लिएर गत शनिबार राति वकिल महमद अंसारी र अली महमद अंसारीबीच झगडा भएको थियो । झगडाको क्रममा कुटपिट हुदा अबतुल्लाह मियाँ अंसारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

कुटपिटमा संलग्न रहेको आरोपमा स्थानीय २४ वर्षीय अबतुल्लाह मियाँ अंसारी र ४५ वर्षीय वकिल महमद अंसारीलाई प्रहरीले पक्रेको छ।साभार:देशसञ्चार

Related posts

वीरगन्जको जय माँ किराना स्टाेर्सबाट तस्करीको २३ क्वीन्टल केराउ बरामद

MadhesKhabar

मधेसका सिमान्तकृत महिलाहरुको लागि वीरगन्जमा १२ दिने पत्रकारीता तालिम सञ्चालन

MadhesKhabar

पर्सामा तस्करीको लाइन खोलाउन गएका नामूद तस्कर मुख्तार अली पक्राउ

MadhesKhabar

Leave a Comment