Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

वीरगन्ज,२३पुसःवीरगन्जस्थित मानव सेवा आश्रममा रहेका लक्ष्मीनारायण(आश्रीत)हरुको उपचारमा आवश्यक पर्ने औषधि स्वास्थ्य कार्यालय पर्साले सहयोग गरेको छ ।मानव सेवा आश्रमलाई स्वास्थ्य कार्यालय पर्साले ८४ हजार रुपैयाँ बराबरको ४१ प्रकारका औषधिहरु सहयोग गरेको हो ।

मंगलबार स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्तिनारायण साहसहितको टोलीले आश्रममै पुगेर आश्रमका संस्थापक देवेश गुप्तालाई ती औषधि प्रदान गरेका हुन् ।

मानव सेवा आश्रम वीरगन्ज शाखामा हाल अभिभावकविहिन र बेसाहरा गरी ५५ जना आश्रीतहरु छन् ।मंगलबार उनिहरुलाई स्वास्थ्य कार्यालय पर्साका तर्फबाट कोभिड खोपको बुस्टर डोजपनि लगाइदिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार, आश्रममा रहेका आश्रीतहरुमध्ये कतिपयको मानसिक अवस्था ठिक नरहेको,बृद्धबृद्धाको स्वास्थ्यमा निरन्तर समस्या देखिने गरेकोले उपचारमा आवश्यक पर्ने प्राथमिक उपचारका औषधिका साथै मानसिक रोग,विभिन्न प्रकारका एन्टिबायोटिक,दुखाई कम गर्ने औषधि, आँखा र कानको औषधि गरी ४१ प्रकारका औषधि स्वास्थ्य कार्यालयले प्रदान गरेको हो ।

आश्रममा रहेका बेसहारा बृद्धबृद्धा,महिला,पुरुष र अभिभावकबिहीन बालबालिकाका लागि मानवीय सेवाको भावले कार्यालयका तर्फबाट औषधि सहयोग गरिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्ति नारायण साहले बताए ।

आश्रमका संस्थापक गुप्ताले औषधि सहयोगका लागि स्वास्थ्य कार्यालयलाई धन्यवाद दिदैं सहयोगमा प्राप्त औषधिले आश्रममा रहेका लक्ष्मीनारायणहरुको उपचारमा सहजता हुने बताए ।आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा आँफुहरुले गरेको उनले बताए ।

औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, मल्लिका श्रेष्ठ,वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी रामबाबु यादव लगायतकाकोपनि उपस्थिती थियो ।

 

Related posts

मधेसमा सिके राउतकाे दाेश्राे जित

MadhesKhabar

एनपीएलको फाइनल पुग्नका लागि जनकपुर र सुदूरपश्चिम खेल्ने

MadhesKhabar

वीरगन्जमा चोरीको मोटरसाइकल सहित दुई युवक पक्राउ

MadhesKhabar

Leave a Comment