Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज महानगरकाे नाममा विद्यार्थीलाई ठग्ने मोदी इन्स्टिच्युटका सञ्चालक पक्राउ

वीरगन्ज ,२साउन: वीरगन्ज महानगरपालिकाको नाम लिएर छात्रवृत्ति दिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई महानगरका मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएका छन् ।

वीरगन्जमा सञ्चालित मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका सञ्चालक राहुल मोदीलाई मेयर सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

माेदीले महानगरपालिकाकाे सिफारिसमा छात्रवृत्ति दिलाइदिने भन्दै विद्यार्थीहरुलाई ठगेकाे गुनासाे आएपछि मेयर सिंहले उनलाई आफ्नोे कार्यकक्षमा झिकाएर सोधपुछ गरि थप कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।

इन्स्टीच्युटका सञ्चालक मोदीले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि वीरगन्ज महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिकाे परिक्षामा पास गराइदिने प्रलाेभन दिएर विद्यार्थीहरुबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको गुनासाे आएको थियो ।

छात्रवृत्तिका लागि महानगरको शैक्षिकल महाशाखालाई ५० हजार , विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि वीरगन्ज महाागरका मेयर सिंहले मंगलबार बिहान मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरि आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको मेयर सिंहकाे सचिवालयले जनाएको छ ।

Related posts

वीरगन्जमा दृष्टीविहीनलाई दिइयो कम्प्युटर तालिम

MadhesKhabar

पर्सामा बागी उम्मेदवारी दिएकाहरु जसपाबाट निश्कासीत

MadhesKhabar

जेनजी आन्दोलनमा अनिल रुंगटाको घरमा गरिएको आगजनीमा जलेकी महिलाको मृत्यु

MadhesKhabar

Leave a Comment