Madhes Khabar
खेलकुद हेडलाइन

नेपालको आजको खेल तारिफयोग्य, आशा अझै बाँकी छ : प्रधानमन्त्री कार्की

काठमाडौं,२५माघःप्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत आइतबार भएको आफ्नो पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छिन् ।

जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी रहेको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेकी छिन् ।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन ।

तर, आजको खेल कसरी खेलिएको भन्ने कुरा महत्वपूर्ण रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ ।‘जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौं, त्यो महत्त्वपूर्ण हो । आज नेपाली टोलीको प्रदर्शन तारिफयोग्य छ । आशा अझै बाँकी छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।कार्की आफैलें पनि बालुवाटारस्थित निवासमा बसेर खेल हेरेकी थिइन् ।

 

Related posts

आठ वर्षको निरन्तर प्रयासपछि पर्सा जिल्ला पूर्ण खोप घोषणा हुन सफल

MadhesKhabar

वीरगन्जमा पानीको संकट समाधानका लागि मन्त्रालयले ठोस योजना बनाइरहेको छ : मन्त्री यादव

MadhesKhabar

पर्सामा हैजा संक्रमण रोकथामका लागि सञ्चालित कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाहरुको सुझाव

MadhesKhabar

Leave a Comment