Madhes Khabar
स्वास्थ्य हेडलाइन

आठ वर्षको निरन्तर प्रयासपछि पर्सा जिल्ला पूर्ण खोप घोषणा हुन सफल

वीरगन्ज,२६बैशाखः ८ बर्षको निरन्तर प्रयासपछि पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ ।बिहीबार वीरगन्जमा एक औपचारिक कार्यक्रम आयोजना गरेर पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथी मधेस प्रदेशको स्वाास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रमोद यादवले पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरे ।

पर्सामा पूर्ण खोप कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । लक्ष्य अनुसार सन् २०१७ भित्रै पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरी सक्नु पथ्र्यो । तर त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम हुँदै आएकोमा बिहीबार पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साहले बताए ।

मधेस प्रदेशका आठ मध्ये पर्सासहित चार जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेकोमा बाँकी रहेका ती चार जिल्ला मध्ये पर्सा पूर्ण खोप जिल्ला घोषणा हुने पहिलो जिल्ला भएको स्वासथ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए । अब मधेस प्रदेशका आठ मध्ये रौतहट, धनुषा र महोत्तरी गरी तीन जिल्ला मात्र पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेको उनले बताए ।

ठाकुरका अनुसार ,जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाई सबै खोप लगाएको अवस्थामा उक्त जिल्लालाई पूर्ण खोप घोषणा गर्ने गरिएको छ ।

बिहीबार पर्सालाई पूर्ण खोप जिल्ला घोषणाका लागि आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले गरेका थिए ।कार्यक्रममा प्रदेश स्वास्थ्थ्य निर्देशनालयका निर्देशक डाक्टर राजिव झा, जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी,पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक,पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ,गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह,वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई ,जिल्ला खोप समन्वय समितिका सदस्य जसपाल सिंह, जिल्लाका १४ वटै पालिकाका उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

आज छठ पर्व हर्षोल्लाशका साथ मनाइदै

MadhesKhabar

पर्सा १ मा प्रदीप यादव अगाडि , द्धिवेदी ५३२ मतले पछाडि

MadhesKhabar

नारायणी अस्पतालमा सुत्केरी महिलाका लागि सुविधासम्पन्न पिएनसी वार्ड सञ्चालन

MadhesKhabar

Leave a Comment