Madhes Khabar
स्थानिय हेडलाइन

रानीघाट पुल नजिककाे सेफ्टी ट्यांकीसहितकाे सडक भासियाे

वीरगन्ज,२ मंसिर:वीरगन्ज महानगरपालिका वडा नंबर ११ रानीघाट पुल नजिकैको सडक सहित सेफ्टी टंकी भासिएको छ ।

पूर्व मेयर विजय कुमार सरावगीको पालामा एसियाली विकाश बैंक (एडिबी) को सहयोगमा निर्माण गरिएको ट्यांकी गलत डिजाइन र कमसल सामग्री प्रयोग गर्दा सडक सहित ट्यांकी नै भांसिन पुगेको हो ।

झण्डै पौने तीन अर्बको लागतमा कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको साना सहर तथा एकीकृत मझौला सहर विकास आयोजना अन्तर्गतको उक्त संरचना भत्किएको हो ।

वीरगन्जवासीको घरघरबाट निस्किने फोहोर नाला मार्फत छपकैयाँ स्थित वाटर ट्रिटमेन्ट प्लान्टसम्म पुर्याउन निर्माण गरिएको सेफ्टी ट्यांकी बिहीबार राती भाँसिएसँगै पुल दक्षिणतर्फबाट हुँदै आएको आउजाउ अवरुद्ध हुन पुगेको छ । छठ पर्वका लागि घाट बनाउने क्रममा राती अचानक ट्यांकी सहित सडकको संरचना नै भासिन पुगेपछि आउजाउ नै ठप्प बन्न पुगेको हाे ।

वीरगन्जवासीको घरघरबाट निस्किने फोहोर नाला मार्फत छपकैयाँ स्थित वाटर ट्रिटमेन्ट प्लान्टसम्म पुर्याउन राधेमाई सिर्सिया पुल नजिक र रानीघाट पुल नजिक गरि २ स्थानमा सेफ्टी ट्यांकी निर्माण गरिएको थियो । रानीघाट पुल दक्षिणतर्फ बनाइएको ट्यांकी सहितको सडक संरचना भने बिहीबार राती भासिएको हो । गलत डिजाइन र कमसल सामान प्रयोगले निर्माण भएको ३/४ वर्ष वित्न नपाउँदै संरचनाहरु भत्कन थालेको स्थानीय बताउँछन् ।

Related posts

प्रहरीले आफनो कमजोरी लुकाउन केटीको नाम जोडेर हाम्रो चरित्र हत्या गर्यो : मृतक रुपेशका परिवार

MadhesKhabar

चैती नवरात्रा आजबाट सुरु, वीरगन्जका शक्तिपिठहरुमा भक्तजनहरुको चहलहपल

MadhesKhabar

मन्त्री यादवलाई भेटेर मेयर सिंहले वीरगन्जमा विद्यमान पानीकाे समस्या समाधानका लागि गरे आग्रह

MadhesKhabar

Leave a Comment