Madhes Khabar
राजनीति हेडलाइन

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने पनि मेरो एजेण्डा हो – प्रदीप यादव

मधेसखबर
वीरगन्ज, ३० कार्तिक : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगन्जको नारायणी अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्ने आफनो एजेण्डा रहेको बताएका छन् ।बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न टोलमा चुनावी घरदैलोका क्रममा मतदातालाई भेट्दै यादवले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका जसपाका उम्मेदवार यादवले नारायणी अस्पतालमा थप सेवा सुविधा विस्तार गरेर यस अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने वाचा पनि मतदाता सामु गरे ।उनले भने ,‘ मेरो एजेण्डाको एउटा प्रमुख मुद्दा नारायणी अस्पताल पनि हो , अब फेरि सांसदमा जितेपछि नारायणी अस्पतालको विकास र प्रवर्द्धनका लागि काम गर्छु , ढुक्क रहनु होला ।

विगत पाँच वर्षमा आफनै प्रयासका कारण नारायणी उपक्षेत्रीय अस्पतालबाट क्षेत्रीय अस्पतालमा परिणत भएको स्मरण पनि उनले गराए । उनले भने ,‘ खासगरि गरिब निमूखाहरुको उपचार पाउने नारायणी अस्पतालमा धेरै सुधारहरु हुँदै गएको छ , यद्दपी अझै धेरै काम गर्न बाँकी नै रहेको छ , त्यसका लागि आगामी कार्यकालमा म दिलोज्यानले लाग्नेछु ।

नारायणी अस्पतालको पूर्वाधार विकासका लागि आएको बजेट कानूनी अड्चनका कारण अड्किए पनि अबको दिनमा त्यसलाई फुकाउँदै नारायणी अस्पतालमा थप सेवा सुविधााई विस्तार गरेर यसलाई मेडिकल कलेजका रुपमा परिणत गर्नमा आफ्नो सबै शक्ति लगाउने उनले बताए । उनले भने ,‘ नारायणी अस्पताल मेडिकल कलेज बनेपछि यहाँका विरामीहरुलाई उपचारका लागि अन्यत्र जानुपर्दैन , सस्तैमा उपचार पनि पाइन्छ ।

चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री एंव प्रदेशसभा सदस्य उम्मेदवार मोहम्मद लालबाबु राउत गद्धीका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related posts

वीरगन्जमा संविधान दिवस मनाउदै काँग्रेस नेताहरुले भने : संविधानकै कारण जनता अधिकार सम्पन्न भएका छन्

MadhesKhabar

प्रधानमन्त्रीसंग सिके राउतले भने : सरकारमा जान सकरात्मक छाैं

MadhesKhabar

घण्टाघर चोकमा फलफुलका बिरुवाहरु निःशुल्क बाँड्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment