Madhes Khabar
राजनीति हेडलाइन

एमाले सरकारले नै मधेसमा विकासको लहर ल्याएको हो : अध्यक्ष ओली

मधेसखबर
वीरगन्ज,२२चैत : नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेले सरकारको नेतृत्व लिएका बेला तराई–मधेसमा विकासको लहर नै ल्याएको बताएका छन् ।बुधबार वीरगन्जमा आयोजित अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो दाबी गरेका हुन् ।

उनले एमाले नेतृत्व सरकारको साढे तीनवर्षकै कार्यकालमा तराई–मधेसमा बहुप्रतिक्षित हुलाकी राजमार्ग , मदन भण्डारी लोकमार्ग , हरेक पालिकामा स्वास्थ्य संस्थाको भवन जस्ता राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण भएको जिकिर गरे ।

उनले एमालेलार्ई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहकै बेला एमाले नेतृत्वको सरकारले मधेसका १ लाख २२ हजार हेक्टर जग्गा सिंचित गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको पनि सुनाए ।एमाले नेतृत्वकै सरकारले मधेसमा ‘ जनता आवास ’ कार्यक्रम ल्याएर हजारौं गरिब दलितहरुलाई पक्की घर बनाएर दिएको पनि जिकिर उनले गरे ।

उनले मधेसका वीरगन्ज, जनकपुर जस्ता ठूला शहरमा चार र ६ लेनको कालोपत्रे सडक पनि आफु प्रधानमन्त्री भएकै बेला निर्माण भएको पनि बताए ।ओलीले भने,‘ एमाले नेतृत्वको सरकार हुदाँ जनातामा यो देशमा सरकार छ भन्ने अनुभूती थियो , तर अहिले त जनताले सरकार नै नभएको अनुभूती गरिरहेका छन् ।

पुर्वप्रधानमन्त्री ओलीे राष्ट्रिय गान त्रूटीपूर्ण रहेकाले सच्याउन सरकारसंग आग्रह पनि गरे ।ओलीले भने,‘ राष्ट्रिय गानमा रहेको सुरुको धुन हटाउनुपर्छ किनकि राष्ट्रय गान भनेको शब्दको धुनबाट सुरु हुनुपर्छ र शब्दकै धुनबाट अन्त्य हुनुपर्छ तर हाम्रो राष्ट्रिय गानमा भने शब्द सुरु हुनुअगाडि धुन राखिएको छ , त्यो त्रूर्टीपूर्ण छ , त्यो धुन हटाएर सच्याउनुपर्छ , म सरकारसंग यो आग्रह गर्छु ।
यस्तै चलचित्र भवन (सिनेमा घर) मा चलचित्र सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान बजाइदा पर्दामा देखाइने राष्ट्रको पृष्ठभीमा (तस्वीर) संविधानको तस्वीर राख्न पनि ओलीले सरकारसंग आग्रह गरे ।

एमाले अध्यक्ष ओलीले पिछडावर्ग महासंघले अरु कुनै जाति वा समुदायको अधिकार खोस्नका लागि नभई आफनो अधिकार र पहिचानका लागि संघर्ष गरिरहेको बताए ।उनले सामाजिक कुरीति , विकृति हटाउनका लागि सामाजिक आन्दोलन चmाउन ओबिसि महासंघलाई सुझाव दिए । त्यसका लागि ओबिसि महासंघलाइ एमालेले भरपुर साथ र सहयोग गर्ने उनले बताए ।
सामाजिक समानता, समाजिक उत्थान , सामाजिक जागरण , राष्ट्रिय एकता र विकास एमालेको मूलमन्त्र भएको ओलीले बताए ।
कुनैपनि धर्म र जातिको नाममा सामाजिक सद्भाव खल्बलाउने प्रयास गरिए त्यो एमालेलाई सह्य नहुने पनि उनले बताए ।

अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघका केन्द्रिय अध्यक्ष तेजपकाश निषादको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई पूर्व उपप्रधानमन्त्री एंव एमालेका सचिव रघुवीर महासेठ , एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा लगायतले पनि सम्बोधन गरेका थिए ।

 

Related posts

छिमेकी देशमा कोरोना संक्रमणको लहर फेरी उकालो लाग्दा पनि होल्डिङ सेन्टर हस्तान्तरणमा अझ अन्योल

MadhesKhabar

मानव सेवा आश्रमका लागि वीरगन्ज बजारमा तरकारी संकलन गर्दै स्वंयसेवकहरु (फोटो फिचर)

MadhesKhabar

पर्साकी उषादेवी थरुनी एमालेबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार

MadhesKhabar

Leave a Comment