Madhes Khabar
समाचार हेडलाइन

गौरमा आगलागी हुदा तीन बालबालिकाको मृत्यु

मधेसखबर
वीरगन्ज, ०८ मंसिर : रौतहटको गौरमा आगलागी हुदा ३ जना बालबालिकाको मृत्यु भएको छ । गौर नगरपालिकाको माइस्थान चोक स्थित एक डसना पसलमा बुधवार राति भीषण आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको हो ।

गौर नगरपालिका वडा नम्वर १ माइस्थान चोकमा रहेको इस्लाम कपडा—डसना पसलमा राति ११.३० बजे आगलागी हुदा पसल रहेको घरमा सुतिरहेका इस्लाम मियाँकी छोरीहरु ९ बर्षिया रुकसाना खातुन, ५ बर्षिया सबिना खातुन र छोरा ७ बर्षिय छोरा इमरान मन्सुरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरुसंग घरमा सुतिरहेका इस्लामका २६ बर्षिय भतिज महम्मद इसराइल मन्सुरी, ८ बर्षिय महम्मद इमरान र २४ बर्षिया नसिमा खातुन भाग्ने क्रममा आगोमा पोलेर गम्भीर घाइते भएका छन् । घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको रौतहटका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए ।

पसलमा राखिएका कपास र कपडामा आगो सल्किएर आगलागी भएको हो । आगलागीले पसल छेउको जाकिर मोटरसाइकल ग्यारेजमा पनि क्षति भएको । मोटरसाइकल ग्यारेजमा राखिएका १५ भन्दा बढि मोटरसाइकल जलेर नष्ट भएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले गौर नगरपालिका र बाराको सिमौंनगढ नगरपालिकाको बारुण यन्त्रको मदतबाट करिब ३ घण्टामा आगोलाई नियन्त्रणमा लिन सफल भएपनि मानविय तथा भौतिक क्षतिलाई रोक्न नसकिएको मल्लले बताए ।

Related posts

मधेसमा जसपा नेपालकाे सरकार ढालेर जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति

MadhesKhabar

दिल्लीमा रहेकी आरजुले म्याक्स हस्पिटलमा गराइन् थाइराइडको शल्यक्रिया

MadhesKhabar

वीरगन्जमा जसपा र काँग्रेसको चुनावी ब्यानर एउटै – राजेशमान र इम्तियाजले संगसंगै भोट माग्न थाले

MadhesKhabar

Leave a Comment