
काठमाडौं,१५चैतः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नि एंव कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको थाइराइडको भारतमा शल्यक्रिया गएको छ ।
नयाँदिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा बुधबार आरजुको थाइराइडको शल्यक्रिया गगरिएको हो ।आरजुको शल्यक्रिया सफल भएको र उनको स्वास्थ्य सुधारोन्मुखसमेत रहेको आरजुका स्वकीय सचिव कमल रावलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।
चिकित्सकले आरजु अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको उक्त प्रेस विज्ञप्तिमा उल्लेख छ ।
रावलले जारी गरेको विज्ञप्तिमा आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँदिल्लीमा उपचार गराउँदै आएकी थिइन् । यही चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराएर नै आरजु उपचारका लागि दिल्ली गएको र बुधबार हाइपरप्याराथाइरोडिजमको शल्यक्रिया गराएको रावलले विज्ञप्तिमा जनाएका छन् ।


