Madhes Khabar
समाचार

एसपीलाई धम्क्याउने नेता अशाेक यादव पक्राउ

काठमाडौं,२३भदाैं:नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् ।

मधेस प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई पक्राउ गरिएको पुष्टि गरे । यादव पक्राउ पर्नुको कारण भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोप छ ।

यो घटना २०८२ असारको हो । यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

त्यसपछि प्रहरीले खोजी गर्दा उनी फरार भएका थिए । अहिले भने उनी पक्राउ परेको डीआईजी अधिकारीले बताए ।

उनले प्रहरीलाई धम्क्याउँदा उनी जसपाको नेता थिए। अहिले भने उनी नेकपा प्रवेश गरिसकेका छन्।साभार:अनलाइनखबर

Related posts

अध्यक्ष क्षीरसागरको घर र कार्यालयमा आगजनी गर्नेहरुलाई कारबाही गर्न तेली समाजको माग

MadhesKhabar

वीरगन्जबाट हुण्डीको ४१ लाख नगद सहित एक भारतीय युवक पक्राउ

MadhesKhabar

पर्साको गदियानीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

MadhesKhabar

Leave a Comment