Madhes Khabar
समाचार

पर्साको गदियानीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

सांकेतिक फोटो

प्रमोद यादव
पर्सा,२७ भदौं : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीमा मोटरसाइकलको ठक्कर बाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गदियानी टोल कै ४५ बर्षिया फुलमती देवी खातुन रहेकी छन् । आइतबार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी खातुनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले जानकारी दिए ।

खातुनलाइ ठक्कर दिने प्रदेश नम्बर २–०३–२१प ९३०० नम्बरको मोटरसाइकल तथा त्यसका चालक र मोटरसाइकलमा सवार अर्का एक जना व्याक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related posts

वीरगन्ज–रक्सौल रुटका ई–रिक्सा र टांगा चालकहरुसंग सशस्त्र प्रहरीका एसपीले गरे छलफल

MadhesKhabar

वीरगन्जमा प्रशिक्षण कार्यक्रम :मानव अधिकारको रक्षामा सामूहिक पहल आवश्यक

MadhesKhabar

खाेलामा डुबेर दुई बालककाे मृत्यु

MadhesKhabar

Leave a Comment