Madhes Khabar
समाचार

धरानका मेयर हर्क साम्पाङलाई मन्त्री यादवले भने :धरानमा खानेपानीकाे समस्या चाडै समाधान गर्छाै

काठमाडौं, ८ माघ : खानेपानीमन्त्री प्रदीप यादवले धरानमा वर्षाैदेखि विद्यमान खानेपानीकाे समस्या चाडै समाधान गरिने आश्वासन दिएका छन् ।

धरानवासीको खानेपानी समस्या समाधानको माग गर्दै मंगलबार खानेपानी मन्त्रालयमा पुगेका धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङसंगको छलफलका क्रममा मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको र चाडै समाधान हुने बताए ।छलफलका क्रममा मन्त्री यादवले भने, “जग्गा प्राप्तीको सुनिष्चितताको जिम्मा धरान उप–महानगरपालिकाले गर्नु पर्छ । योजना छनौट भइसकेको छ । दीर्घकालीन रुपमा खानेपानीको समस्या हामीले समाधान गर्ने छौँ ।”

मन्त्री यादवले धरानवासीप्रति आँफु सधै सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तरगत एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा यो वर्ष खानेपानीका लागि टेण्डर अह्वान गर्ने प्रतिबद्धता जनाए।धरानवासीलाई खानेपानीको व्यवस्था गर्नका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र बोकर निकट भविष्यमै आँफु धरान आउने समेत मन्त्री यादवले मेयर साम्पाङलाई आश्वासन दिए।उनले भने, “मेयरसाब खानेपानीको योजनाका लागि अन्त कतै नगएर खुशी साथ यहीबाट धरान फर्किनुस् । खानेपानीको व्यवस्था गर्नका लागि टेण्डर आह्वान गरिएको पत्र म आँफै बोकेर चाँडै धरान आउँछु ।”

धरानमा खानेपानीको ठूलो समस्या भएको र उप–महानगरको बजेटले धान्न सक्ने जती आफुले काम गरेको र धान्न नसक्ने भएपछि खानेपानीका लागि सिंहदरबारमा आएको मेयर साम्पाङले मन्त्री यादवलाई सुनाए । उाले भने, “उप–महानगरको बजेटले धान्न सकेको जती मैले खानेपानीका लागि काम गरे, अब धान्न नसक्ने भयो । धराने नागरिकका लागि खानेपानी योजनामा विनियोजन गरिदिनु पर्‍यो ।”

Related posts

पर्साको हरपुरबाट गाजा सहित विश्रामपुरका दुइ जना पक्राउ

MadhesKhabar

सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

MadhesKhabar

पर्सामा प्रहरीद्वारा २ करोड भन्दा बढीको तस्करीको सामान र भैंसी बरामद

MadhesKhabar

Leave a Comment