Madhes Khabar
समाचार

बारामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरगन्ज,२५कात्तिकः बारामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।मृत्यु हुनेमा बाराकै बारागढी गाउँपालिका वडा नम्बर २ बिसुनपुर्वाका ४२ वर्षीय छठु चौधरी रहेका छन् ।

मंगलबार बिहान बिसुनपुर्वा स्थित सडकमा बा ४४ प ८५४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चौधरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Related posts

ट्रकमा लागु औषध ओसार्ने तीन जना वीरगन्जको ड्राइपोर्ट चोकबाट पक्राउ

MadhesKhabar

राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु

MadhesKhabar

पर्साका १४ स्थानीय तह – कुन पालिकाको मतगणना कहा ?

MadhesKhabar

Leave a Comment