Madhes Khabar
मधेस प्रदेश समाचार

मधेश प्रदेशमा प्रथम मधेश प्रदेश युवा महोत्सव आयोजना

मधेशखबर
वीरगंज ,१६ असाढ महिला ,बालबालिका युवा तथा खेलकुद मन्त्रालयले जनकपुरधाममा प्रथम मधेश प्रदेश युवा महोत्सव आयोजना गरेको छ । यसै क्रममा महोत्सवको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेशका युवाहरुको समुचित व्यवस्थापनका लागि प्रदेश सरकार अग्रसर रहेको बताएका छन् ।

देशमा युवा लक्षित रोजगारीको व्यवस्थापन हुन नसक्दा ,युवाहरु खाडी मुलुक जान बाध्य रहेको उल्लेख गर्दै मुख्यमन्त्रि राउतले प्रदेशमै रोजगारी सृजनाका लागि पहल भईरहेको बताएका हुन् ।

मधेश सरकारले प्रदेश प्रहरीमा भर्ना गर्ने प्रक्रिया अगाडी बढाएपनि संघ सरकारको असहयोगका कारण हाल सम्म सफल हुन नसकेको उनले गुनासो गरे । उनले प्रहरी , प्रदेश निजामति लगायतका सेवामा छिट्टै भर्ना प्रक्रिया अगाडी बढाउने आश्वाशन समेत दिए ।

सरकारी जागिरले मात्र प्रदेश वा देशको बेरोजगारीको समस्या समाधान हुने अवस्था नरहेकोले प्रदेश सरकारले उधमका साथै स्वरोजगारका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर कार्य गरीरहेको उनको भनाई छ ।

Related posts

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सम्पन्न

MadhesKhabar

वीरगन्जबाट जाँदै गरेकाे बसबाट ११ लाखकाे चाँदी बरामद

MadhesKhabar

समाजवादी प्रेस संगठन मधेस प्रदेश अधिवेशन साउन २८ र २९ गते हुने

MadhesKhabar

Leave a Comment