Madhes Khabar
समाचार

पतञ्जलीमा जागिर लगाइदिने प्रलोभन दिएर ठगी गर्ने एक युवक पर्साबाट पक्राउ

वीरगन्ज, २५जेष्ठ : बारामा रहेको पतञ्जली आयुर्वेद प्रालिमा जागिर लगाइदिने प्रलोभन दिइ रकम ठगी गरेको आरोपमा प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहदुरमाई नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय अंकेश कुशवाहा रहेका छन् । कुशवाहालई प्रहरीले गत मंगलबार पक्राउ गरेको हो ।

कुशवाहाले गत साउन ५ गते पर्साकै विन्दवासिनी गाउँपालिका ४ का २० वर्षीय अमन चौरसियालाई पतञ्जली आयुर्वेद प्रालिमा कामदारको खाँचो रहेको र आफू उक्त कम्पनीको सुपरभाइजर पदमा कार्यरत रहेको भनेर उक्त कम्पनीको नक्कली परिचय पत्र देखाइ २५ हजार रुपैयाँ लिएको आरोप छ ।

पिडित अमनले जेठ १६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा ठगी सम्बन्धी कसुर मुद्दाको जाहेरी दरखास्त दिएपछि प्रहरीले अंकेशलाई खोजतलास गर्ने क्रममा मंगलबार उनकै घरबाट पक्राउ गरेको हो । अंकेश विरुद्ध ठगी सम्बन्धीको कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

Related posts

मन्त्री यादव भन्छन् :धम्की दिने किरण साहप्रति पूर्वाग्रह छैन,प्रहरीले थुन्नुसँग मलाई नजोड्नु होला

MadhesKhabar

चेतनको हत्यारालाई कारबाहीको गर्न अनेरास्ववियु पर्साको माग

MadhesKhabar

बाराकाे सीमावर्ती क्षेत्रकाे राइस मिलबाट तस्करीकाे ९० बाेरा प्याज बरामद

MadhesKhabar

Leave a Comment