Madhes Khabar
समाचार

चेतनको हत्यारालाई कारबाहीको गर्न अनेरास्ववियु पर्साको माग

मधेसखबर
वीरगन्ज,१४ मंसिर : बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियुका चेतन एडीको हत्यारालाई कारवाहीको माग गर्दै पर्सामा अनेरास्ववियुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

मंसिर ४ गते मतदानका दिन बाजुराको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ स्थित मतदान स्थलमा भएको विवादलाई लिएर त्यहिराति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य ऐडीको हत्या गरिएको थियो ।त्यहि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दे अनेरास्ववियु पर्साका नेताहरुले बुधबार पर्साका प्मुख जिल्ला अधिकारी उमेश ढकाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै अनेरास्ववियु पर्साका अध्यक्ष रेयाज अन्सारीले हत्यारालाई पक्राउ गर्न , झुठो मुद्धामा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न पनि माग गरेका छन् । अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्षसहितका नेताहरुलाई झुठो मुद्दा लगाई प्रहरी हिरासतमा राख्नुले नेपाल प्रहरी र सरकारले नियोजित रुपमा अपराधिलाई संरक्षण गरेको प्रष्ट हुने पनि ज्ञापनपत्रमा उल्लेख छ ।आफुहरुको माग पुरा नभए आन्दोलन गर्ने चेतावनी पनि अनेरास्ववियु पर्साले दिएको छ ।

Related posts

तीनकुनेमा मारिएका सविनकी श्रीमतीलाई भाटभटेनीमा जागिर

MadhesKhabar

जेन‍जी आन्दोलनमा मृत्यु भएका ७६ मध्ये प्रदर्शनकारी २२ जना 

MadhesKhabar

भगवान् राम नेपालमै जन्मिएका हुन् , यो कुरा भन्न कोहिसंग डराउनुपर्दैन : प्रधानमन्त्री ओली

MadhesKhabar

Leave a Comment