Madhes Khabar
समाचार

पाेके तस्करहरुले ल्याएकाे ८ लाख भन्दा बढीकाे कपडा विरगन्जमा बरामद

वीरगन्ज,३०फाल्गुन:तस्करले भारतबाट भन्सार राजस्व छलेर तस्करीमार्फत वीरगन्जमा ल्याएकाे ८ लाख भन्दा बढी मुल्यकाे कपडा प्रहरीले बरामद गरेको छ ।

पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ७ स्थित सडकखण्डमा चोरी पैठारी गरी सीमावर्ती भारतीय बजार रक्सौलबाट वीरगन्जतर्फ ल्याउने क्रममा प्रहरीले ८ लाख ३९ हजार रुपैयाँ मूल्य बराबरको कुर्ता सुरवाल, टप्स र होली टप्स बरामद गरेको हो ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार मंगलबार अपरान्ह ३ बजेतिर प्रहरी टोली पुग्नासाथ पोके तस्करहरु कपडा छाडेर भागेका थिए । प्रहरीले २ हजार ३० पीस होलीको टप्स, २ सय ६४ पीस टप्स र २ सय ३० पिस कुर्ता सुरवाल बरामद गरेको थापाले बताए ।

Related posts

काठमाडौं उपत्यकामा बाढी पहिरोको वितण्डा : अहिलेसम्म २१ को मृत्यु, ५ बेपत्ता

MadhesKhabar

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

MadhesKhabar

वीरगन्जको बाल सुधार गृहमा कैदीबन्दीलाई धम्क्यार १० लाख बढी रकम असुल्ने चाैकीदार गुप्ता पक्राउ

MadhesKhabar

Leave a Comment