Madhes Khabar
समाचार

काठमाडौं उपत्यकामा बाढी पहिरोको वितण्डा : अहिलेसम्म २१ को मृत्यु, ५ बेपत्ता

काठमाडौं,१२असाेज : काठमाडौं उपत्यकामा बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

 

उनका अनुसार विपदमा परेर ५ जना बेपत्ता र ९ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ।

यता गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

उनले आज बिहानको बैठकमा मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए। उनले वर्षाका कारण काठमाडौं सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

वीरगन्ज कृषि औजार कारखानाका लागि किताब बेचेर महावीर पुनले धरानमा उठाए झन्डै १ करोड

MadhesKhabar

मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा आपूर्ति गर्न थप गृहकार्य गरिरहेका छौं : मन्त्री यादव

MadhesKhabar

बारामा उधोग लुट्न आएका डाँका र प्रहरी बिच गोली हानाहान , एक प्रहरी सहित दुइ घाइते

MadhesKhabar

Leave a Comment