Madhes Khabar
समाचार

काठमाडौं उपत्यकामा बाढी पहिरोको वितण्डा : अहिलेसम्म २१ को मृत्यु, ५ बेपत्ता

काठमाडौं,१२असाेज : काठमाडौं उपत्यकामा बाढी र पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

 

उनका अनुसार विपदमा परेर ५ जना बेपत्ता र ९ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ।

यता गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्धार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।

उनले आज बिहानको बैठकमा मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको सूचना संकलन गर्ने, उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने लगायतका विषयमा छलफल भएको बताए। उनले वर्षाका कारण काठमाडौं सडकहरु अवरुद्ध भएको र तत्काल खुलाउन पहल गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए।साभार:अन्नपूर्ण पाेष्ट

Related posts

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको राष्ट्रिय सम्मेलनबाट २५ सदस्यीय केन्द्रिय समिति चयन

MadhesKhabar

‘अल्ट्रा अभियान’का सञ्चालक दीपेश बर्णवाल वीरगन्जबाट पक्राउ

MadhesKhabar

नयाँ पाइपलाईन बिच्छाइएका ठाउँमा चाडै मेलम्चीको पानी वितरण गर्छौःमन्त्री यादव

MadhesKhabar

Leave a Comment