Madhes Khabar
समाचार

पर्सामा स्राेत खुल्न नसकेकाे भारु २ लाख नगदसहित दुई जना पक्राउ

वीरगन्ज,१६साउन:पर्सामा प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ र मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरीकाे टोलीले जगननाथपुर गाउँपालिका- २ स्थित गण्डक नहर सडकखण्डबाट उनीहरूलाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरूमा मकवानपुरकाे राक्सिराङ गाउँपालिका-२ घर भई हाल चितवनकाे माडी नगरपालिका-९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र त्यही ठाउँका २६ वर्षीय तिलक हिमडुङ रहेका छन्।

प्रहरीले ना. १० प ४४६९ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको भारतीय २ लाख ९ हजार ५ सय रुपैयाँ बरामद गरेको हो।

भारु ५०० दरका नोट ३१६ थान,२०० दरका नोट ७५ थान र १०० दरका नोट ३६५ थान बरामद भएको प्रहरीले जनाएको छ।

प्रतिबन्धित भारतीय नोट र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए।

Related posts

पहिरोले घर बगाउँदा तीन जना वेपत्ता

MadhesKhabar

राैतहटकाे ज्योति डिस्टिलरीमा विस्फोट, १ जनाको मृत्यु,५ जना घाइते

MadhesKhabar

भुकम्पको नेपालमा असर : बारामा ११ सहित देशभर १३ जना घाइते

MadhesKhabar

Leave a Comment