रौतहट,१२ पुस:राैतहटको कटहरिया नगरपालिका ९ स्थित ज्योती डिस्टिलरीमा शनिबार बिहान दुर्घटना भएको छ । डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् ।
प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगन्जतर्फ पठाइएको छ ।
ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी सहायक निरीक्षक (सई) धर्मेन्द्र पौडेलले आफू घटनास्थलमा पुगिसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । घटनाको कारण, मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
घटनापछि स्थानीय त्रासमा छ्न भने सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छन् । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ ।

