Madhes Khabar
Uncategorized समाचार

सदस्यता विवाद नसुल्झिएसम्म पर्सामा पत्रकार महासंघको चुनाव हुन नदिने चेतावनी

वीरगन्ज,२२जेष्ठःनेपाल पत्रकार महासंघको सदस्यता विवाद समाधान नभएसम्म पर्सामा पत्रकार महासंघको निर्वाचन हुन नदिने पर्सामा सकृय चार संघसंगठनले चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियन पर्सा, प्रेस चौतारी नेपाल पर्सा , समाजवादी प्रेस संगठन पर्सा र प्रेस मञ्च नेपालले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । पत्रकार महासंघ केन्द्रिय कायसमितिले जिल्ला शाखा र प्रदेश शाखाले सिफारिस गरेको सदस्यताको नामावलीलाई लत्याएर चोर बाटोबाट सदस्यताको नामावली जारी गरेको आरोप उनिहरुले लगाएका छन् ।

केन्द्रिय कार्यसमितिले कुनै अमूक व्याक्ति र संस्थाको प्रभावमा परेर महासंघको विधान नै मिचेर सदस्यताको नाम थपघट गरेर जारी गरेको नामावली सुची नसच्याए सम्म पर्सा शाखाको निर्वाचनको कुनैपनि प्रकृया सुरु नगर्नपनि उनिहरुले आग्रह गरेका छन् । यदि नामावलली नसच्याई निर्वाचनको प्रकृया सुरु गरिएमा त्यसबाट सृजित हुने प्रतिकुल परिस्थितीको जिम्मेवार केन्द्रिय कार्यसमिति हुने चेतावनी उनिहरुले दिएका छन् ।

विज्ञप्तिमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु सुमन र प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष वीरेन्द्र साह हिटलरले हस्ताक्षर गरेका छन् ।

Related posts

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन आयोगमा २९ जनाको निवेदन

MadhesKhabar

नेपाल एयरलाइन्सले दिन थाल्यो हवाई भाडामा छुट

MadhesKhabar

पर्सामा गाँजासहित एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment