Madhes Khabar
समाचार

पर्सामा गाँजासहित एक युवक पक्राउ

वीरगन्ज,१७साउन:पर्सामा लागुओैषध गाँजासहित एक जना पक्राउ परेका छन्।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले पटेर्वा सुगौली गाँउपालिका नम्बर ४ स्थित करबोलाबाट लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ९ एकटांगाका ३४ वर्षीय जगमोहन यादव रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।

बेलवाबाट देउरवानातर्फ जाँदै गरेको बिआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकलकाे चालक यादवलाई प्रहरीले ८ किलाे ४४० ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका यादव सवार रहेको मोटरसाइकलको सिटमुनी र उनको शरिरमा बाँधिएको अवस्थामा गाँजा बरामद भएको प्रहरी निरिक्षक थापाले बताए।

लागुऔषध गाँजा सहित पक्राउ परेका यादवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

MadhesKhabar

पर्साकाे ग्रामीण नाकाबाट तस्करी गरि ल्याइएको एक गाडी ओैषधि बरामद

MadhesKhabar

वीरगन्ज महानगरको कार्यपालिका सदस्यका लागि मतदान जारी

MadhesKhabar

Leave a Comment