वीरगन्ज,१२जेठ:पर्साकाे ग्रामीण भेगकाे नाका हुदै भारतबाट तस्करी गरेर भित्र्याइएकाे करिब १३ लाख रुपैयाँको ओैषधि प्रहरीले बरामद गरेको छ।
भारतबाट तस्करी गरेर ल्याइएको ओैषधि बाेकेर वीरगन्जतर्फ आउँदै गरेकाे ना ५ च २४८३ नम्बरको पिकअप गाडी साेमबार प्रहरीले विन्दवासिनी गाँउपालिका-४ मधवलमा राेकेर चेकजाँच गरेकाे थियोे ।त्यसक्रममा उक्त गाडीबाट विभिन्न किसिमका १२ लाख ७८ हजार ५२० रुपैयाँ मूल्यकाे ओैषधि बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले ओैषधि र उक्त गाडीसहित बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-५ का २४ वर्षीय सुनिल कुमार रामलाई पनि नियन्त्रणमा लिएको छ।
बरामद गाडी र ओैषधिसहित रामलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

