Madhes Khabar
समाचार

महानगरमा पुच्का बेच्न रोक

मधेसखबर
वीरगन्ज,१२ असार : ललितपुर महानगरपालिकाले पानीपुरी (पुच्का) बेच्न रोक लगाएको छ ।पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

सोमबार देखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अनुसार अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।

धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्दा प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको हाछेथुले बताए ।

Related posts

साधुकाे भेषमा रहेका भारतीय नागरिक चरेससहित वीरगन्जबाट पक्राउ

MadhesKhabar

पर्सागढीमा नेपाली सेनाले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा विद्या सदन मावि प्रथम

MadhesKhabar

श्रीपुरमा दुई समुदायबीच झडप, सुरक्षा व्यवस्था कडा

MadhesKhabar

Leave a Comment