Madhes Khabar
समाचार

महानगरमा पुच्का बेच्न रोक

मधेसखबर
वीरगन्ज,१२ असार : ललितपुर महानगरपालिकाले पानीपुरी (पुच्का) बेच्न रोक लगाएको छ ।पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् ।

सोमबार देखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अनुसार अर्को निर्णय नभएसम्म महानगरभरी ठेलामा पानीपुरी बेच्न पाइने छैन् ।

धेरै भीडभाड हुने क्षेत्र, करिडोर क्षेत्रमा पानीपुरी बेच्दा प्रदूषित धुलोहरुले स्वास्थ्यमा असर पारिरहेको भन्दै उक्त क्षेत्रमा ठेलामा पानीपुरी, चटपटे बेच्न सँधैको लागि रोक लगाउने महानगरले आन्तरिक तयारी गरेको हाछेथुले बताए ।

Related posts

वीरगन्जमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किदा एक किशोरको मृत्यु

MadhesKhabar

बारामा करेन्ट लागेर चार वर्षिया बालिकाको मृत्यु

MadhesKhabar

बारामा दुईवटा माेटरसाइकल आपसमा ठाेक्किदाँ १ काे मृत्यु, ४ घाइते

MadhesKhabar

Leave a Comment