Madhes Khabar
समाचार

वीरगन्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी प्रधानमन्त्रीबाट सम्मानित

वीरगन्ज,२१बैशाखः वीरगन्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्मानित भएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस एंव नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको अवसरमा शक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार केशरी सम्मानित भएका हुन् ।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केशरीलाई सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

केशरीलाई पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानीद्वारा सम्मानित गरेको हो ।नेपाल प्रेस युनियनका संस्थापक सदस्य समेत रहेका केशरी करिब तीन दशक भन्दा लामो समयदेखि गोरखापत्र दैनिक लगायत स्थानीय तथा केन्द्रीय प्रकाशन गृहबाट प्रकाशित हुने सञ्चारमाध्यममा सकृय रुपमा कार्यरत छन् ।

 

Related posts

बाराका प्रहरी नायब निरीक्षक यादव उत्कृष्ट प्रहरीका रुपमा पुरस्कृत

MadhesKhabar

भारतकाे कीट युनिभर्सिटीमा फेरि अर्काे नेपाली छात्रा मृत भेटिइन् : मृतक वीरगन्जकी प्रिशा साह

MadhesKhabar

वीरगन्जको मतगणनास्थलमा विवाद ,वडा नम्बर १ को मतगणना स्थगीत

MadhesKhabar

Leave a Comment