Madhes Khabar
समाचार

वीरगन्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी प्रधानमन्त्रीबाट सम्मानित

वीरगन्ज,२१बैशाखः वीरगन्जका बरिष्ठ पत्रकार कन्हैयालाल केशरी काठमाडौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सम्मानित भएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस एंव नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनको अवसरमा शक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बरिष्ठ पत्रकार केशरी सम्मानित भएका हुन् ।कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले केशरीलाई सम्मान पत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

केशरीलाई पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानीद्वारा सम्मानित गरेको हो ।नेपाल प्रेस युनियनका संस्थापक सदस्य समेत रहेका केशरी करिब तीन दशक भन्दा लामो समयदेखि गोरखापत्र दैनिक लगायत स्थानीय तथा केन्द्रीय प्रकाशन गृहबाट प्रकाशित हुने सञ्चारमाध्यममा सकृय रुपमा कार्यरत छन् ।

 

Related posts

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

बाराकाे फेटामा पर्ने गण्डक नहरमा एक पुरुषकाे शव फेला

MadhesKhabar

बारामा फेरि अर्को सवारी दुर्घटना, श्रीमान श्रीमतिको घटनास्थलमै मृत्यु

MadhesKhabar

Leave a Comment