Madhes Khabar
समाचार

बाराकाे फेटामा पर्ने गण्डक नहरमा एक पुरुषकाे शव फेला

वीरगन्ज,१कार्तिक:बाराको फेटा गाउँपालिका वडा नंबर १ स्थित त्रिवेणी पुल नजिक गण्डक नहरको किनारमा १ जनाको शव फेला परेको छ।

स्थानीयले नहर छेउकाे झाडीमा शव देखेपछि प्रहरीले खबर गरेका थिए ।त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टाेली शव भेटिएको स्थानमा पुगेर मुचुल्का उठाएर शव पाेष्टमार्टमका लागि अस्पतालमा पठाएको छ।

उक्त शव वीरगन्ज महानगरपालिका वडा नंबर ३ छपकैयाका वीरेन्द्र सोनारकाे रहेकाे बताइएको छ।प्रहरीले भने शवकाे यकिन पहिचान हुन बाँकी रहेकाे जनाएको छ।

Related posts

भन्सारबिना वीरगन्जमा चलाउँदै आएका दुईवटा भारतीय गाडी प्रहरीद्वारा बरामद

MadhesKhabar

काठमाडौंको ब्याइज होस्टलमा युवकको हत्या गरेको आरोपमा बाराका दुई युवक पक्राउ

MadhesKhabar

काठमाडौंमा फलफुल बेच्ने पर्साका एक युवक हुण्डीको ८१ लाख रुपैयाँसहित पक्राउ

MadhesKhabar

Leave a Comment