वीरगन्ज,१७ कात्तिकः भन्सार राजस्व नतिरेर लामो समयसम्म वीरगन्जमा भित्रयाएर चलाउँदै आएका दुई भारतीय नम्बर प्लेटका दुई वटा गाडी प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।
पर्सा जिल्लाको ग्रामीण तथा बजार क्षेत्रमा अनाधिकृत रूपमा चलाईरहेको भन्ने विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर.१६ ईनर्वागाउँ स्थित सडकबाट भारतीय नम्बर प्लेटको बोलेरो गाडी र मारूती सुजुकी कार वेवारिसे अवस्थामा बरामद गरेको थियो ।
ती दुवै गाडीको हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दाबी गर्न नआएको हुँदा ती दुवै गाडीको २२ लाख रुपैयाँ मूल्यांकन गरेर थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि मंगलबार वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

