Madhes Khabar
समाचार हेडलाइन

बारामा गाेली प्रहारबाट एक भारतीयकाे मृत्युु

फाेटाे: फेसबुकबाट

माधुरी महत्ताे
वीरगन्ज ,०८ मंसिर: बारामा शुक्रबार साँझ गाेलि प्रहारबाट एक भारतिय नागरिककाे मृत्यु भएकाे छ।

मृत्यु हुनेमा भारत बिहारकाे छाैडादानाे घर भएका ५० वर्षिय शिवपुजन यादव रहेका छन् ।

बाराका प्रहरी उपरिक्षक हाेविन्द्र बाेगटीका अनुसार, बाराकाे महागढीमाई नगरपालिकाकाे बरियापुर स्थित भुतही पुल नजिककाे एक चिया नास्ता पसलमा शुक्रबार साँझ सवा ६ बजे बसिरहेका बेला यादवलाई भारतिय नम्बर प्लेटकाे दुई वटा माेटरसाइकलमा सवार भइ आएका अपरिचित हतियारधारीहरुले गाेली हानेर फरार भएका थिए।

काेखामा एक राउन्ड गाेली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उद्धार गरेर एलएस न्युराे हस्पिटल लगिएकाेमा चिकित्सकले मृत घाेषित गरेकाे बाेगटीले जानकारी दिए।

मृतक यादव, अपराधीक पृष्ठभूमिकाे व्याक्ति भएकाे हुन सक्ने प्रहरीकाे आशंका छ । गाेली हानेर फरार भएका व्याक्तिहरुकाे पहिचान खुल्न नसकेकाे र उनिहरुकाे खाेजी भइरहेको बाेगटीले जानकारी दिए।घटनाका बारे अनुसन्धान भइरहेकाे पनि उनले बताए।

Related posts

अभिभावक संघर्ष समितिको आपत्ति , तर मेयर सिंह भन्छन् : पहिले भन्दा शुल्क घटेको छ , आएर हेर्दा हुन्छ

MadhesKhabar

चीनमा भूकम्प अपडेट : कम्तीमा ५३ जनाको मृत्यु

MadhesKhabar

बैंकिङ्ग कसूर मुद्धामा ३० लाख जरिवाना तोकिएका फरार अभियुक्त तेली वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment