Madhes Khabar
समाचार

बैंकिङ्ग कसूर मुद्धामा ३० लाख जरिवाना तोकिएका फरार अभियुक्त तेली वीरगन्जबाट पक्राउ

वीरगन्ज,२३साउनःबैंकिङ्ग कसूर मुद्धामा अदालतले ३० लाख जरिवाना तोकेपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ घर भएका अम्बे इन्टरप्राइजेज प्रालिका सञ्चालक ३४ वर्षीय सुनिल कुमार साह तेली रहेका छन् ।

देबेन्द्र कुमार कर्णले दिएको जाहेरीमा अदालतले बैंकिङ्ग कसुर मुद्धामा ३० लाख रुपैयाँ जरिवाना तोकेपछि फरार रहदैं आएका तेलीलाई बिहीबार उनको घरबाटै प्रहरीले नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

Related posts

बारामा तस्करीको पाम आयल सहित चार जना पक्राउ

MadhesKhabar

बहुविवाह सम्बन्धीको विधेयक प्रतिनिधिसभामा पेस हुँदैन : कानुनमन्त्री चाैरसिया

MadhesKhabar

बारामा १ क्विन्टल ४२ केजी गाँजासहित माेटरसाइकल प्रहरी नियन्त्रणमा,चालक फरार

MadhesKhabar

Leave a Comment