Madhes Khabar
समाचार

बारामा माेटरसाइकल दुर्घटना हुदाँ एक युवककाे मृत्युु

सांकेतिक फाेटाे ।

बारा,८असाेज:बारामा मंगलबार भएकाे माेटरसाइकल दुर्घटनामा एक युवककाे मृत्यु भएकाे छ।दुर्घटनामा एक युवक घाइते भएका छन्।

निजगढ नगरपालिकास्थित तामागढी–रतनपुर सडकको तपस्वीस्थलनजिकको जंगलमा मोटरसाइकल दुर्घटना हुदाँ निजगढ नगरपालिका-१३ का २५ वर्षिय सुरेन्द्र घलानको घटनास्थलमै मृत्यु भएको हाे।

प्रहरीका अनुसार,रतनपुरबाट निजगढतर्फ जाँदै गरेको प्र २–०३ –००६ प २७८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा मोटरसाइकल चालक घलानको घटनास्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ४२ वर्षिय रामबहादुर बम्जन घाइते भएका छन् । उनको दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

बम्जनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related posts

जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा कृषि र जलविधुतमा असर परेको छ : मन्त्री यादव

MadhesKhabar

 पोखरीमा डुबेर सप्तरीमा एक बालक सहित दुई जनाको मृत्यु

MadhesKhabar

अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा एक युवती पक्राउ

MadhesKhabar

Leave a Comment