Madhes Khabar
मधेस प्रदेश समाचार

 पोखरीमा डुबेर सप्तरीमा एक बालक सहित दुई जनाको मृत्यु

hand on table

मधेसखबर
वीरगञ्ज , साउन २४ । सप्तरीमा पोखरीमा डुबेर एक बालक सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर सप्तरीको विष्णुपुर गाउँपालिका ३ का ३५ वर्षीय लल्कु भन्ने शिव शंकर सदा र झापाको घैलाडुवा गाउँपालिका ६ घर भएका संजय पण्डितका २ वर्षीय छोरा दिप पण्डितको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार सदा पोखरीमा कमलको फूल टिप्न जाँदा डुबेका थिए । प्रहरीले उनको शव मंगलबार मात्र निकाल्नमा सफल भएको हो ।

यस्तै पण्डित सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ मा पाहुनाको रुपमा आएकोमा खेल्ने क्रममा बालक चिप्लेर पोखरीमा खसेर घाईते भएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

Related posts

मधेसमा निर्माण गरिएका खानेपानीका ओभरहेड ट्यांकी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत विश्वासको मत

MadhesKhabar

रौतहटको फतुवा विजयपुर नगरपालिकाका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

MadhesKhabar

Leave a Comment