Madhes Khabar
मधेस प्रदेश रोचक दुनियाँ

मधेस : श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

जनकपुरधाम,१असारःधनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान दोषी ठहर भएका छन् ।धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलासले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ती तिराउने आदेश दिएको हो ।

न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको हो ।जेठ २९ गतेको पेसीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेसीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ती तिराउने आदेश दिएको हो ।

श्रीमानले जवरजस्ती करणी गरेको भन्दै धनुषा जिल्ला अदालतमा २०७९ चैत २१ गते श्रीमतीले मुद्दा दायर गरेकी थिइन् ।मुद्दा दायर गरेपछि २०८० साउन २१ गते पहिलो पेसी चढेको थियो ।पहिलो पेशीमा अदालतले धरौटी माग गर्ने आदेश दिएको थियो ।कुल ३६ वटा पेसी चढेपछि शुक्रबार उनको मुद्दामा अन्तिम आदेश आएको हो ।साभारः देशसञ्चार

Related posts

मधेस प्रदेशमा मन्त्री र सांसदकै संलग्नतामा योजना बिक्री हुने गरेको खुलासा

MadhesKhabar

सर्लाहीको बसबरीयामा भीषण आगलागी, ६ घर जलेर नष्ट

MadhesKhabar

सप्तरी ४ मा काँग्रेसका चाैधरीकाे ह्याट्रिक

MadhesKhabar

Leave a Comment