Madhes Khabar
मधेस प्रदेश

रौतहटको लालबकैयाको बाढीमा फसेका किसानहरुलाई सेनाले गर्यो उद्धार

रौतहट, २३ साउन : रौतहटको लालबकैया नदीमा आएको बाढीका कारण फसेका स्थानीय किसानलाई नेपाली सेनाको टोलीले सकुशल उद्धार गरेको छ ।

मंगलबार बिहान नदीपारि खेतमा काम गर्न गएका बेला बाढी आएपछि उनीहरू पारि नै रोकिएका थिए ।मंगलबार बिहान बाढीको सूचना पाएपछि नेपाली सेनाको पुरेनवास्थित वीरदल गणको टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको हो ।

’लालबकैयामा अचानक बाढी आएपछि नदीको सतह ह्वात्तै बढेको छ । स्थानीय किसान भने बीचमै फसेका थिए । हामीले उद्धार गरेका छौं । उहाँहरू अहिले सुरक्षित स्थानमा हुनुहुन्छ । वर्षामा बाढी आउने हुँदा हाम्रो टोली जिल्लाभर उद्धार गर्न तयारी अवस्था मा छ,’ सेनानी प्रकाश कुमार रावलले भने । साभार : इकान्तिपुर

Related posts

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख दिन मधेस सरकारलाई सत्ता गठबन्धनको आग्रह

MadhesKhabar

लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा २ हजारभन्दा बढी पशुहरु मरे

MadhesKhabar

‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत २० हजारभन्दा बढी छोरीको बिमा अन्योलमा

MadhesKhabar

Leave a Comment