Madhes Khabar
मधेस प्रदेश

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख दिन मधेस सरकारलाई सत्ता गठबन्धनको आग्रह

जनकपुर,१८असोजः मधेस प्रदेशको सत्तारुढ दलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ दिन मधेस प्रदेश सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले विनाशकारी बाढी,पहिरो र डुबानबाट प्रभावित परिवारलाई राहत दिनेगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मधेस सरकारका तर्फबाट ५१ लाख रुपैयाँ सहयोग गर्न मुख्यमन्त्री सतिशकुमार सिंहसंग आग्रह गरेको हो ।

सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको संख्या, नियुक्त पदाधिकारीका कार्य अवधि, कामकाजको प्रभावकारिता लगायतका विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नका लागि लोसपाका संसदीय दलका उपनेता उपेन्द्र महतोको संयोजकत्वमा समिति गठनपनि गरेको छ ।

उक्त समितिमा नेकपा एमालेका तर्फबाट प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोदकुमार जायसवाल, नेपाली काँग्रेसका तर्फबाट ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य सञ्जयकुमार यादव सदस्य रहेका छन् ।

 

 

 

Related posts

संघीय सरकार संघीयता विरोधी : मुख्यमन्त्री राउत

MadhesKhabar

जसपाका प्रदेश सांसद कौशल यादव लोसपामा प्रवेश

MadhesKhabar

बल्ल खुल्याे मधेस सरकारकाे आँखा : वीरगन्जमा पानीकाे संकट समाधानका लागि स्रोतसाधन परिचालन गर्ने निर्णय

MadhesKhabar

Leave a Comment