Madhes Khabar
साहित्य हेडलाइन

वीरगन्जमा भानु जयन्ति : भानुभक्तको शालीकमा मेयर सिंहले गरे माल्यार्पण,स्रष्टाहरु सम्मानित

वीरगन्ज,२९असारःआदिकवी भानुभक्तको २१२ औं जन्मजयन्ति आइतबार वीरगन्जमापनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
नारायणी वाङ्गमय प्रतिष्ठानको आयोजनामा वीरगन्जको नयाँ बसपार्कको भानु चोकमा रहेको भानुभक्तको शालीकमा माल्यार्पण गर्नुका साथै विभिन्न स्रष्टाहरुलाई सम्मानित गरेर भानु जयन्ति मनाइएको हो ।

आइतबार बिहान भानु चोकमा रहेको भानुभक्तको शालीकमा कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले माल्यार्पण गरेका थिए ।

त्त्यसपछि आयोजित कार्यक्रममा साहित्य र पत्रकारितातर्फ जगदीश शर्मा सम्मानित गरिएको थियो । शर्मालाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले दोशल्ला ओढाई सम्मानपत्रसहित सम्मानित गरे ।त्यस्तै कृति सम्मानबाट साहित्यकारद्वय गणेशप्रसाद लाठ र रामप्रसाद अधिकारीलाई सम्मानित गरिएको थियो । उनीहरुलाई जनही १२ हजार ५ सय रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खडकाको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल,केन्द्रिय लेखा संयोजक केसि लामिछाने, नेपाल पत्रकार महासंघ मधेस प्रदेश महासंघका अध्यक्ष श्याम बन्जारा, मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुन लगायतकोपनि उपस्थिति थियो।

 

Related posts

महानगरका वडाअध्यक्षहरुको गुनासो : कर्मचारी हटाउदा वीरगन्जको सरसफाई प्रभावित भयो

MadhesKhabar

पर्सामा जसपाका केन्द्रिय सदस्य सिपु तिवारी सहित २६ जनाद्धारा पार्टी परित्याग

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment