Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज–पथलैया सडकखण्डमा बस दुर्घटना: १५ जना घाइतेको पूरा विवरण

तस्बिर : माही अली

वीरगन्ज,१साउनःवीरगन्ज–पथलैया सडकखण्डमा मंगलबार बिहान यात्रुवाहक बस दुर्घटना हुदाँ १५ जना घाइते भएका छन् । तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा बिहान ११ बजेतिर अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की ३३ बर्षिाया जानुका ढुंगाना, वडा नम्बर ७ अमलेखगन्जका ३३ बर्षिय शंकर गुरुङ, बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरका २१ बर्षिय कन्हैया गुप्ता,बाराकै महागढीमाई नगरपालिका वडा नम्बर ५ का १८ बर्षिय सर्वजित राम रहेका छन् ।

यस्तै मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ की ३९ बर्षिया सरस्वती काफ्ले, वडा नम्बर १५ का ३५ बर्षिय सागर गोले, वडा नम्बर ९ की ५३ बर्षिया गौरी श्रेष्ठ, वडा नम्बर ४ का ३० बर्षिय अमिर थापा, वडा नम्बर १५ का २५ बर्षिय सुमन लामापनि घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीका ५० बर्षिय दिपेन्द्र कुमार गुप्ता, वडा नम्बर १५ भिस्वाका ४२ बर्षिय बिक्रम राना मगर , वडा नम्बर ६ माईस्थानका १८ बर्षिय सोयब अन्सारी तथा चितवनको कालिका गाँउपालिका वडा नम्बर ५ का ५५ बर्षिय तिलक भट्टराई,भारतको बिहार राज्यको रक्सौलका १८ बर्षिय साहिद अन्सारी र हालसम्म नाम वतन खुल्न नसकेका अन्दाजी बर्ष २४ का एक युवकपनि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतितवडाले जाानकारी दिए ।

उनका अनुसार, घाइते १५ जना मध्ये बाराको अमलेखगन्जका शंकर गुरुङ , मोतिसरका कन्हैया गुप्ता र नाम वतन खुल्न नसकेका २४ बर्षिय युवकको अअवस्थाा गम्भीर छ । बाँकीको अअवस्था मध्यम र सामान्य रहेको उनले बताए ।घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अअस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 

Related posts

भूमीहिन दलितले उपभोग गरेको जग्गामा वनले गाडेको किलाखुटा अध्यक्ष यादवले उखलेर फालिदिए

MadhesKhabar

मानव सेवा आश्रमको भवनका लागि नेपथ्य लाईभ कन्सर्ट वीरगन्जमा पनि हुँदै

MadhesKhabar

सर्वोच्च अदालतमा वीरगन्जको मेनरोड विस्तारको सुनुवाई २४ औं पटक पनि सर्यो

MadhesKhabar

Leave a Comment