Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जको सुगौलीमा निर्माणाधिन पुलको खाल्डोमा एकै घरका दुई बालिका मृत फेला

वीरगन्ज,१२ साउनः वीरगन्ज महानगरपालिका वडा नम्बर २६ चक्रदहस्थित निर्माणाधीन पुल नजिकैको खाल्डोको पानीमा डुबेको अवस्थामा दुई बालिका मृत फेला परेका छन् ।

वडा नम्बर २६ सुगौलीका प्रभु ठाकुरकी छोरीहरु ५ वर्षीया पुच्की ठाकुर र ३ वर्षीया घघरी ठाकुर एउटै खाल्डोको पानीमा डुबेको अवस्थामा मंगलबार बिहान मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार, सोमबार ती बालिका आफना हजुरबुबवा किशोरी ठाकुरसगँ खेतमा गएका थिए । सोमबार बिहान ११ बजेतिर खेतमा गएका बेला हजुरबुबा किशोरीले ती दुवै बालिकालाई तिमीहरु यहिँ बस म तिमीहरुको हजुरआमालाई बोलाएर ल्याउँछु भनेर खेतमै छाडेर गएका थिए । केहि बेरपछि उनि फर्किएर खेतमा आउँदा ती दुवै बालिका त्यहाँ थिएनन् ।

त्यसपछि अभिभावकहरुले गाँउघर र आफन्तकोमा खोजतलास गर्दा नभेटिएपछि ती दुवै बालिकाकी आमा अन्तिमा देवीले खोजतलासका लागि सोमबार नै राति ईलाका प्रहरी कार्यालय सुगौलीमा जानकारी गराएकी दिएकी थिइन् ।

त्यसपछि खोजीमा जुटेको प्रहरीले खोजतलासकै क्रममा मंगलबार बिहान ६ बजेतिर वडा नम्बर २६ मै पर्ने चक्रदहस्थित निर्माणाधिन पुल नजिक रहेको खाल्डोमा जमेको पानी डुबेर दुवै बालिका मृत अवस्थामा भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

दुवै बालिकाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए ।

 

Related posts

वीरगन्ज भन्सारको राजश्व संकलनमा सुधार : ९ महिनामै १ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठ्यो

MadhesKhabar

पानीको समस्या समाधानका लागि महानगरपालिका लागिपरेकाे छ: मेयर सिंह

MadhesKhabar

श्रोत नखुलेको साढे २२ लाख रुपैया सहित दुइ जना वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment