Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

श्रोत नखुलेको साढे २२ लाख रुपैया सहित दुइ जना वीरगन्जमा पक्राउ

मधेसखबर
वीरगन्ज,०४ माघ : वीरगन्जमा फेर श्रोत नखुलको ठूलो रकम सहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।हुण्डीको कोरोबारी रहेको आरोपमा प्रहरीले वीरगन्ज ८ घण्टाघर चोकबाट २२ लाख ५० हजार रुपैया सहित दुइ जनालाइ पक्राउ गगरेको हो । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३४ वर्षिाय विकास सााह र वीरगन्ज १८ इनर्वा मनियारीका १९ वर्षिय सुभाष कुमार साह रहेका छन् ।

मङगलबार दिउँसो प्रहरीले घण्टघार चोक स्थित सडकमा बीआर ०५ ए इ ९३४३ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा त्यसमा विकाससंगै सवार रहेका सुभाषले बोकेको झोलाबाट उक्त रकम बरामद भएको प्रहरी नायब उपरिक्षक दिपक गिरिले जानकारी दिए ।
झोलाबाट नेपाली पाँच सय र एक हजार दरको नोट गरि २२ लाख ५० हजार रुपैया बरामद भएको उनले बताए । बरामद रकम, साहद्वयले श्रोत खुलाउन नसकेकाले हुण्डीको कारोबारको रहेको उनले बताए । बरामद रकम सहित पक्रााउ परेका दुवै जनालाई प्रहरी हिरासतममा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको गिरिले जानकारी दिए।

वीरगन्जमै एक साताअघि मात्रै प्रहरीले स्रोत नखुलेको १२ लाख २० हजार रुपैया सहित वीरगन्ज महानगरपालिका १७ का १९ वर्षीय राजन साहलाइ पनि पक्राउ गरेको थियो ।

वीरगन्जमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा मात्रै हण्डीको कारोबार गरेको भन्दै ७ जनालाई पक्राउ गरि उनिहरुको साथबाट ९५ लाख ९८ हजार रुपैया बरामद गरिसकेको छ ।
यस्तै गत आर्थिक वर्ष २०७८÷०७९ मा वीरगन्जमा प्रहरीले २२ जनालाई पक्राउ गरि उनीहरूको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद गरेको थियो ।

खुल्ला सिमाना र नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने प्रवृत्तिका कारण हुन्डी कारोबार बढेको प्रहरी नायब उपरिक्षक गिरीले बताए । उनका अनुसार , नेपालीहरू किनमेल गर्न सीमावर्ती भारतीय बजार पुग्दा त्यहाँ नेपाली रुपैयाँमा विनिमय गरेपछि दैनिक ठूलो परिमाणमा नेपाली मुद्रा त्यहाँ जम्मा हुने गरेको छ । यसरी भारत पुगेको नेपाली रुपैयाँ उनीहरूलाई उपयोगी नहुने भएकाले त्यस्तो रकम अवैध रुपमा पुनः नेपाललै फर्काउने गरिएको छ ।

Related posts

फेरी बढ्यो पेट्रोल–डिजेलको भाउ

MadhesKhabar

महावीर पुनको आँटले पुर्नजीवित वीरगन्ज कृषि औजार कारखानाले १६ थरिका औजार उत्पादन गर्दै

MadhesKhabar

वीरगन्ज आएर उपेन्द्र यादवले दिए चेतावनी : संविधान पुनर्लेखन गरिएन भने च्यातेर फाल्छौ

MadhesKhabar

Leave a Comment