
मुख्यमन्त्री सिंह पहिलाे पटक ठाेरीमा पुग्दा ठाेरी गाँउपालिकाका जनप्रतिनिधिले स्वागत गर्दै त्यहाँका पर्यटकीय गन्तव्यहरु लगेर अवलाेकन गराएकाे मुख्यमन्त्री सिंहसंगै ठाेरी गएका जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए।
पर्यटकीय स्थलहरुकाे अवलाेकन भ्रमणपछि ठोरी गाँउपालिकाकाे कार्यालयमा आयाेजित स्वागत कार्यक्रममा बाेल्दै मुख्यमन्त्री सिंहले प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक महत्व र पर्यटकीय सम्भावनाले भरीपूर्ण ठाेरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गराउन प्रदेश सरकारले पहल थाल्ने बताए।
स्वागत तथा अभिनन्दन कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज तथा सरोकारवालासँग प्रत्यक्ष संवादसमेत गरेका मुख्यमन्त्री सिंहले ठोरीमा साइक्लिङ ट्र्याक, जिप लाइन, होमस्टे, पदयात्रा मार्ग लगायतका पर्यटन पूर्वाधार निर्माण तथा प्रवर्द्धनका लागि प्रदेश सरकार गम्भीरताका साथ लाग्ने प्रतिबद्धता समेत जनाए।
ठाेरीको पर्यटनलाई व्यवस्थित गर्दै अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरणन तथा लगानी आकर्षणका कार्यक्रमहरू अघि बढाइनेपनि उनले बताए।स्थानीय सरकारकाे सहकार्यमा ठोरीलाई मधेस प्रदेशकै नमूना पर्यटकीय गन्तव्य बनाउने दिशामा अघि बढ्नेपनि उनले बताए।
स्वागत तथा अभिनन्दन कार्यक्रममा ठाेरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ,उपाध्यक्ष गाेकुलीकुमारी रेग्मी,प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा,वडाध्यक्षहरु,समाजसेवी लगायतकाकाेपनि सहभागिता थियाे।